काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिनुहुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।
घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडानका कारण बिहीबार, शुक्रवार र आइतबारको बैठक प्रभावित भइसकेको छ ।
आजको बैठकका सम्भावित कार्यसूची –
सन्देश टेबुल
“बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।
समितिको प्रतिवेदन पेस
पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले “जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ पेस गर्ने।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१“ पेस गर्ने ।
व्यवस्थापन कार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले स्–
( क ) “मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने।
( ख ) “मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८१“ प्रस्तुत गर्ने ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “निकासी पैठारी ९नियमन० विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले “नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले –
( क ) “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ( पहिलो संशोधन ) विधेयक, २०७९ माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने ।
( ख ) “संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ( पहिलो संशोधन ) विधेयक, २०८१ लाई पारित गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्ने ।