काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिरिषद्को आकष्मिक बैठक बोलाएका छन् । आज ( शुक्रबार ) बेलुकी ८ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ ।
राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि थप निर्णय लिन मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाइएको हो । यसअघि सुरक्षा समितिको बैठक समेत बसेको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजावादीहरुले आज तीनकुनेमा प्रदर्शनको तयारी गरेका थिए ।
जनसभाको संज्ञा दिइएको उक्त कार्यक्रम सुरु हुनुभन्दा पहिला नै प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएपछि उनीहरुले तीनकुनेमा व्यक्तिको घरमा आगजनीसमेत गरेका थिए । उनीहरुले प्रहरीको भ्यानमा समेत आगजानी गरेका छन् । त्यसैगरी, नेकपा ( एकीकृत समाजवादी ) को कन्द्रीय कार्याल, कान्तिपुर टेलिभिजन रहेको भवन, अन्नपुर्ण पोष्टको भवन,जडीबुटी प्रशोधन कम्पनी,भाटभटेनी लगायतमा तोडफोड र आगजानीको प्रयास गरेका थिए ।