काठमाडौँ । तिनकुनेमा राजावादीले गरेको आन्दोलन निकै अराजक बन्यो । यतिसम्मकी नीजि आवासदेखि सरकार सवारी साधनमा तोडफोड र आगजनी नै गरियो । सुरक्षाकर्मीले तिनकुनेवाट राजावादी समूहलाई तिरिबितर पारेसँगै उनिहरु आगजनीमा उत्रिए । जसको परिणाम स्वरुप कोटेश्वर, तिनकुने र सिनामंगलमा निषेधाज्ञा लगाउनु पर्ने अवस्था श्रृजना भयो ।
आन्दोलनकारीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेका छन् । तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्याएका छन् । राजावादीहरुले सिनामंगलस्थित नागरिक उड्डययन कार्यालयमा तोडफोड गरेका छन्। तीनकुनेबाट उग्र बनेको राजावादीको प्रदर्शन उग्र रुप लिएपछि उनिहरु ठाउँठाउँमा आगजनी र तोडफोडमा उत्रिएका थिए ।
तीनकुलमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। स्थिती तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेपछि आन्दोलनकारी थप उग्र बनेका थिए । त्यस क्रममा प्रदर्शनकारीले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पनि ढुंगा प्रहार गरेका थिए । प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुडा गरेका हुन्। उनीहरुले उग्र रुप देखाएपछि प्रहरीले अश्रुग्याँसपनि प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरुले व्यक्तिको घर नै जलाएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको थियो । त्यसपछि तितरवितर भएको भीडले अन्नपूर्ण पोष्टको मुख्यालयमा ढुंगामुडा प्रहार गरेको हो । राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो । तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको थियो ।
त्यती मात्रै होईन उनिहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरीसडाँडामा पनि आगजनी र तोडफोड गर्ने योजना सहित अघि बढ्दै गर्दा एउटा सरकारी गाडी, एउटा नीजि ट्याक्सी तथा सरकारी मोटरसाईकलमा समेत आगजनी गरेका थिए ।