काठमाडौं । तिनकुनेमा राजावादी आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ ।
त्यस क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गर्दै आन्दोलनकारीलाई तितरबितर पारेका थिए ।
आन्दोलननकारीले तिनकुनेमा रहेका ब्यक्तिका नीजि निवासमा तोडफोड समेत गरेका छन् । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा फुटाएका छन् ।
राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।
तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरुले आगजनी गरेका हुन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट घरको झ्यालका सिसा फुटेर छिया छिया भएका छन् ।