काठमाण्डौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चाको बैठक केही बेरअघि सुरु भएको हो । बैठकमा चैत १५ गते हुने विरोधसभाको तयारीका विषयमा छलफल हुने छ । मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्र राय यादवलगायतका नेताहरू सहभागी छन् । आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने र जनप्रदर्शनको तयारीका बारेमा पनि छलफल हुनेछ । यसअघि मोर्चाले १५ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भिडपछि अहिले विपक्षी मोर्चा पनि आफ्नो शक्ति प्रदर्शनका तयारीमा रहेको छ ।