काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथिको अन्याय सह्य नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कुलमानको योगदानको अवमूल्यन नगर्न सरकारलाई चेतावनी दिए ।
सो क्रममा उनले उर्जामन्त्री दीपक खड्काले संसद्को रोष्ट्रममा उभिएर घिसिङका विषयमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाए । उनले मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनु उचित नभएको उल्लेख गर्दै संसद्मा मुर्खहरुमात्रै बस्छन् भन्ने नठान्न चेतावनी दिए । उनले कुलमानलाई निश्चित् समयावधि तोकेर कार्यसम्पादन मूल्यांकन गर्न खोजिएको र फाराम ढिलो बुझाएको भनेर शून्य अंक दिएकोमा पनि आक्रोश पोखे ।
उनले भने,‘सरकारका मन्त्रीहरुको पनि कार्यसम्पादन मूल्यांकन पनि हिजोरअस्ति आयो त, प्रधानमन्त्रीको कार्यालयले नै उत्तिर्ण अंक ल्याएन, सबभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयको त ८ प्रतिशतपनि अंक आएन । पहिलो कुरा त सरकारले नैतिकताको आधारले राजीनामा दिनुपर्यो, सरकारका मन्त्रीहरु फेरिनुपर्यो । अनि अरु कर्मचारीलाई पनि यो दण्डा चलाउन पाईन्छ । आफूलाई मन लागेको जे पनि गर्ने, अनि निरीह कर्मचारीलाई डण्डा चलाउने काम स्विकार्य छैन् ।’