काठमाडौं । आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १स् १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ ।
बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए ।
प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारीसम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, निजीकरण ९पहिलो संशोधन० अध्यादेश(२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश(२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।