रुपन्देही । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मङ्गलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरीक्षणका लागि पुग्नुभएको थियो ।
निरीक्षणपछि गृहमन्त्री लेखकले विमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको सुरक्षा व्यवस्थासहित विमानस्थलको विषयमा बुझेको बताउनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, ूगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवतजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाइ के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।
उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसी व्यक्त गर्नुभयो । अहिले मलाई बडो खुसी लागेको छ’ उहाँले भन्नुभयो, एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवतजावत पनि बढेको छ । यसलाई दिगो बनाउने विषयमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ ।