काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन खोज्दा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ भने त्यसको विरोधमा उत्रिएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राज्यमन्त्री तामाङले उनलाई हटाउन नहुने बताए। उनले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रस्ताव रहेको बताए।
कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुँदै छन्। देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको जिकिर छ।
कर्मचारीलाई चित्त नबुझेका कुराहरुमा स्पष्टीकरण सोध्न मिल्ने बताउउँदै उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको र नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताए।