काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका(५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एनएमसी अस्पतालमा एक, शङ्खरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले पुष्टि गरे ।
‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने । उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि नगरकोट गएको बा २ ख ७९५८ नम्बरको बस फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ ।