काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारीमा दिए ।
पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिईन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिईन् । नानीमैया दाहाल एक स्वतन्त्र नेपाली राजनीतिज्ञ थिईन्। उनी २०३८ साल देखि २०४२ सालसम्म पञ्चायत संसदमा काठमाडौं निर्वाचन क्षेत्रका सांसद थिए। उनी नेपालमा पञ्चायतकालमा राष्ट्रिय पञ्चायतका उम्मेदवारलाई पराजित गर्नका लागि परिचित थिईन् ।
उनको जितलाई काठमाडौंका नागरिकहरू, विशेष गरी युवाहरू, यथास्थिति र पञ्चायत व्यवस्था प्रति विरोधको रूपमा मानिन्छ । १० वर्षको उमेरमा नानीमैया त्रिभुवन गाउँ विकास योजनाका प्रमुख थिए । २९ वर्षको उमेरमा उनी काठमाडौंको जोरपाटीको गाउँ उपप्रधानपञ्च भइन्। त्यतिबेला मणिराम चालेसे प्रमुख थिए ।उनको जितपछि पञ्चायत व्यवस्था विरुद्धको विरोधको प्रतीकका रुपमा विशाल र्याली निकालिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।