रूपन्देही । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी रकम अपचलन प्रकरणमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । ‘आजै निवेदन दिएर हाजिर भएकोमा पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई कारागार पठाउने आदेश भएको ो हो ।
यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई लगायतलाई प्रतिवादी बनाइएको छ । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु ९जीबी० राईलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालक हुन् भने लामिछाने प्रबन्ध निर्देशक हुन् । यसअघि रुपन्देही अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो, जुन उनले बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । जोशीसँग यसअघि सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा क्रमशः कास्की र काठमाडौं जिल्ला अदालतले धरौटी मागेको थियो, जुन उनले बुझाएका थिए । जोशीविरुद्ध साहारा चितवन सहकारीको रकम अपचलनको समेत मुद्दा छ ।