काठमाण्डौं । स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ९बालेन०को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् ।
‘सांसद साहले कवाडी व्यवसायीमाथि दमन गरिरहेको उल्लेख गर्दै उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षणसमेत गराए । उनले मेयर शाह तानाशाह भएर निस्किएको बताउँदै उनी नागरिलाई एकठाउँबाट अर्को ठाउँमा गएर बस्न पाउने संवैधानिक हकको विरुद्धमा लागेको आरोप लगाए ।
उनले भने, ‘बालेनलाई म चुनौती दिन चाहन्छु, हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ, सिंहदरबार भत्काएर देखाऊ, राम शाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत छ भने बालुवाटार र राष्ट्रपति निवास शीतल निवास भत्काएर देखाऊ ।’ संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् । आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै कवाड व्यवसायीले आन्दोलन गरिरहेका छन् ।