पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापती रवी लामिछाने कास्की जिल्ला अदालतको तारीख बुझ्नका लागि पोखरा तर्फ लागेका छन् । चितवन अदालतको काम सकेर उनि कास्की जिल्ला अदालतको तारिख बुझ्न पोखरा गएका हुन्। आज ११ बजे जिल्ला अदालत कास्कीमा तारीख बुझ्नका लागि लामिछाने पोखरा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहकोषध्यक्ष दिपक बोहराले ट्रान्सपरेन्ट खबरलाई जानकारी दिए । उनले भने –हामी ११ बजे कास्की जिल्ला अदालत पुग्छौं । रबि हिजो मात्रै चितवनवाट ६४ लाख धरौटी बुझाएर छुटेका थिए ।
पहिलो पटक गत कार्तिक २ गते पार्टी कार्यालय बनस्थलीवाट लामिछानेलाई पक्राउ गरी राती नै कास्की लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिनामा सम्पत्ति शुद्धिकरणसहित तीनवटा अभियोग लगाइएका लामिछानेलाई कास्की जिल्ला अदालतले पुष २५ गते धरौटीमा रिहा गरेको थियो।८४ दिनको जेल बसाई पछि लामिछाने ६५ लाख रुपैंया धौटी बुझाएर उनि रिहा भएका थिए ।
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लामिछानेसहित सात जना प्रतिवादीहरूलाई अदालतले बिहीवार धरौटीमा थुनामुक्त गरी तारेखमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। लामिछानेमाथि गत पुस ७ गते सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
अदालतले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा ूसहकारीको रकम निजको खातामा आउने र अन्यमा जाने र अन्यसँगको सम्बन्धका आधारमाू उनलाई ूकसुरदार रहेनछन् भन्ने मुनासिब कारण नदेखिएको उल्लेख गरेको छ। त्यसैका आधारमा धरौटी लिएर तारेखमा राखीएको थियो । सोही तारीख बुझ्न लामिछानृे पोखरा लागेका हुन् ।