काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले रवि लामिछाने फसाउनमा सम्पूर्ण राज्यशक्ति लागेको आरोप लगाएका छन्। बिहीबार ( आज ) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अदालतले धरौटीमा छाडिसकेपछि पनि उहाँको निलम्बन कति संवैधानिक र न्यायपूर्ण छ ? पुनर्समीक्षा गरियोस्। राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरण लाग्ने र सांसद पद निलम्बन भइहाल्ने हो भने भोलि यो कहाँसम्म जाला र ? उनले भने।
‘म सम्माननीय सभामुखलाई पनि निवेदन गर्न चाहन्छु, अदालतले धरौटीमा छाडेपछि पनि संसद्बाट रवि लामिछानेको निलम्बन कति संवैधानिक कति न्यायपूर्ण छ ? यसको पुनः मूल्यांकन गरियोस्,’ उनले भने । उनले अहिले सरकार प्रतिशोध साँध्ने कुरामा बलियो देखिएको, न्यायपालिकालाई नै धम्क्याएर फसाइ छाड्ने कसरतमा रहेको जिकिर गरे ।
‘सरकार आजभोलि बलियो त्यतातिर देखिँदैछ, जब प्रतिशोध लिनुपर्यो भने निकै बलियो देखिन्छ । राजनीतिक प्रतिशोधको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ,’ प्रचण्डले भने, ‘सहकारीबाट पैसा ल्याउन कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रूपमा देशभरि दौडाइँदैछ ।
हिजो उहाँलाई अफर गरेकाहरू आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइ छाड्ने कसरतमा हुनुहुन्छ ।’ त्यसको उदाहरण त रवि लामिछाने नै हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष नजोडिएको उहाँलाई सबैभन्दा ठूलो सहकारी ठगको रूपमा देशभरि दौडाइँदैछ। हिजो उहाँलाई ठूला(ठूला अफर गर्नेहरू न्यायपालिकालाई धम्क्याएर पनि फसाइछाड्ने योजनामा छन्।