काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो ।उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् । महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको सापकोटाले बताए ।
यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल थिइन् । मधेश प्रदेशको इन्चार्ज रहेका लिलामणी पोखरेललाई हटाएर मात्रिका यादवलाई जिम्मेवारी दिइएको हो ।
यस्तो छ माओवादीले तोकेको कार्यविभाजन अनुसार प्रदेशका इन्चार्जहरु
कोशी – हरिबोल गजुरेल
मधेश – मातृका यादव
बागमती – हितमान शाक्य
गण्डकी – दिनानाथ शर्मा
लुम्बिनी – चक्रपाणि खनाल
कर्णाली – कालीबहादुर मल्ल
सुदूरपश्चिम – गिरिराजमणि पोखरेल
विशेष प्रदेश – जयपुरी घर्ती
प्रवासमा
सार्क समितिमा – लक्ष्मण पन्त
युरोप– अमेरिका – राम कार्की
एसिया समितिमा – ओम शर्मा