काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । रास्वपाका सांसदहरु उभिएर बिरोध जनाईरहेका छन् ।
रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई अगाडि बढाउन आग्रह गरिरहेका छन्। रास्वपाले सभापति रवि लामिछानेलाई सांसद पदबाट कानून विपरित निलम्बन गरेको भन्दै रास्वपाले विरोध जनाउने निर्णय गरेको थियो।
आज नै लामिछानेले निलम्बन फुकुवाको निवेदन सभामुखकहाँ बुझाइसकेका छन्।