बिरगंज । बिरगंजमा जारी जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाईनल खेलमा
त्रिभुवन आर्मीलाई २८ रनले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी चुमेको हो ।
ुागर ढकालले ट र ललित राजबंशीले ४ बिकेट लिएपछि पुलिसलाई जित निकाल्न मद्धत मिलेको थियो । आर्मीलाई पुलिसले जितका लागि १०३ रनको सामान्य लक्ष्य दिएको थियो । तर, स्पिनलाई सहयोग गरेको पीचमा यो लक्ष्य आर्मीका लागि पहाड बन्यो । आर्मी २९दशमलव २ ओभरमा ७४ रन मात्रै जोडेर अलआउट भयो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् । ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए ।
कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११(११ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पुलिसका कप्तान आरिफ शेखले सुरूदेखि अन्तिमसम्म सागर र ललितलाई मात्रै बलिङ गराए । प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका कुशल भुर्तेलले एक बल पनि फ्याक्न पाएनन् ।
लगातार १५ ओभर बलिङ गरेका ललितले ३९ रन खर्चिएर ४ विकेट र सागरले १४।२ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सागरले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए । यसरी तिनदिनसम्म चलेको फाईनल खेलको उपाधी नेपाली पुलिस क्लवले आफ्नो हात पार्न सफल भयो ।